यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित अरामकोको तेल पूर्वाधारमा हमला गरेको दाबी गरेका छन् । हुथीहरूले शनिबार उक्त दाबी गरेका हुन् ।हुथीहरूले आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको स्रोतले जनाएको छ ।
साउदी अरेबियाले यमनको राजधानी साना तथा अन्य क्षेत्रमा गरेको आक्रमणको जवाफमा हमला गरिएको हुथीहरूको दाबी छ । यद्यपि, साउदी अरेबियाका अधिकारीहरूले अरामकोको तेल पूर्वाधारमा हमला भएको हालसम्म पुष्टि गरेका छैनन् ।




















