काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि पैदलयात्रीको सहजताका लागि आकाशे पुल जडान गरिएको छ। गएराति सडकमा पुल जडान गरिएको हो। पुलमा भर्याङ राख्ने काम भने अझै बाँकी छ। आवश्यक काम पूरा गरेर केही दिनभित्रै पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आकाशे पुल सञ्चालनमा आएपछि जिल्ला अदालत अगाडिको सडक पार गर्ने पैदलयात्रीलाई सहज हुने अपेक्षा गरिएको छ।




















