एमाले संसदीय दलको बैठक जारी, ओली पनि सहभागी

नेकपा एमाले संसदीय दलको बैठक अहिले बसिरहेको छ । च्यासलस्थित एमाले मुख्यालयमा बैठक बसिरहेको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । ओलीले कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा नजाने निर्णय गरेका छन् ।

बैठकमा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिने कार्यक्रम रहेको नेताहरूले जानकारी दिएका छन् ।