गगनको टिप्पणी : ‘संसद् खुला छैन, बन्द छ’

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी र जवाफदेही नभएसम्म प्रतिनिधिसभा वास्तविक अर्थमा खुला हुन नसक्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले संसदभित्रै ‘खुलामञ्च’ आवश्यक रहेको बताए। कांग्रेसले खुलामञ्चमा महाधिवेशन आयोजना गरेर संवाद र खुलापनको सन्देश दिन खोजेको भन्दै उनले संसद्, समुदाय र राज्य तथा नागरिकबीच पनि खुला संवादको वातावरण बन्नुपर्ने धारणा राखे। उनले पहाड-मधेस, जात-जाति, धर्म-धर्म र पुस्ताबीच एकअर्काबारे निर्णय सुनाउनेभन्दा प्रत्यक्ष संवाद गर्ने वातावरण आवश्यक रहेको बताए।