नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन् । कांग्रेस रूपान्तरणको यात्रामा अझै धेरै काम गर्न बाँकी रहेकाले आफू महामन्त्रीको उमेदवार बनेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘तपाईंको विश्वास र प्रेरणाले म महामन्त्री पदको उमेदवार बनेको छु ।’




















