पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा

भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएको छ ।आफू आबद्ध नेकपा ९एमाले०ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको उनले बताए ।

यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएको छ । उनलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।