त्रिभुवन विश्वविद्यालय ६७औँ सभा बैठकमा सहभागी हुन गएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएका छन् । बिहीबार बैठकमा त्रिवि सभामा सहभागी हुन जाने क्रममा मन्त्री पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएका हुन् ।
विद्यार्थीहरूसँग संवाद नगरी त्रिवि ऐन परिमार्जन गर्न लागिएको र विद्यार्थीलाई बेवास्ता गरिएको भन्दै उनीहरूले कालो ब्यानर देखाएर विरोध गरेका हुन् । नेविसंघका नेता सनम वलीले सिनेट बैठकमा कुलपति नै नआउँदा सिनेटको मर्यादा घटेको बताए । त्रिविको कुलपति प्रधानमन्त्री रहने व्यवस्था रहेको छ ।




















