कृष्णभिरको पहिरो छल्न तयार पारिँदै छ वैकल्पिक सडक

मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत कृष्णभिरको पहिरो क्षेत्र छल्ने गरी वैकल्पिक सडक निर्माणको काम भइरहेको छ । चितवनको फिस्लिङदेखि धादिङको बेनीघाट जोड्ने गरी गोरखातर्फबाट नयाँ ट्र्याक खोल्ने तथा सडक स्तरोन्नतिको काम हुँदै छ ।

चितवनको फिस्लिङपारि गोरखातर्फको पल्लोटारदेखि सिउरेनीटार हुँदै धादिङको बेनीघाट निस्कने छोटो दूरीको सडकलाई वैकल्पिक मार्गका रूपमा स्तरोन्नति गर्न लागिएको हो । उक्त सडकको कुल लम्बाइ १९ किलोमिटर छ ।

उक्त खण्डमा १.२ किलोमिटर नयाँ ट्र्याक खोलेर सडक स्तरोन्नति गरिनेछ । कृष्णभिरमा पहिरो कतिबेला खस्छ र आवतजावत बन्द हुन्छ भन्ने अनिश्चित रहेकाले वैकल्पिक सडक निर्माण अघि बढाइएको हो ।