परराष्ट्र सचिव राई र महावारबीच भेट: नेपाल-भारत सम्बन्ध विस्तारमा जोड

नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा आज उनीहरूबीच शिष्टाचार भेट भएको हो । भेटवार्ताका क्रममा उनीहरूबीच आपसी हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप गहिरो र सुदृढ बनाउने उपायबारे पनि छलफल भएको जनाइएको छ ।