गोरखाको चुमनुब्री गाउँपालिका–६, चुमचेतनजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी आएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रारम्भिक निष्कर्ष छ ।
इसिमोडले सार्वजनिक गरेको विवरणअनुसार बिहान करिब ४ बजेतिर सुरु भएको बाढीले बुढीगण्डकी करिडोर हुँदै लेदो, गेग्रान र फोहोर बगाएर तल्लो क्षेत्रमा पुर्याएको थियो ।
इसिमोडका अनुसार बुढीगण्डकीमा दुई वर्षअघि पनि बाढी आएको थियो । अघिल्लो र पछिल्लो घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढीको जोखिम रहेको देखाएको भन्दै संस्थाले पर्वतीय जोखिमप्रति चिन्ता व्यक्त गरेको छ ।




















