नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीतर्फ महामन्त्री पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अन्तिम मतपरिणामअनुसार महामन्त्री पदका उम्मेदवार सुनिल शर्मा आफ्ना निकटतम प्रतिस्पर्धी उदयशमशेर राणासँग ५३ मतले पराजित भएका छन्।
प्राप्त मतपरिणामअनुसार उदयशमशेर राणाले २ हजार ३१० मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गरेका छन्। उनका प्रतिस्पर्धी सुनिल शर्माले २ हजार २५७ मत प्राप्त गरेका छन्।
दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको यस निर्वाचनमा राणाले शर्मालाई झिनो मतान्तरले पछि पार्दै सफलता हात पारेका हुन्।




















