बमको धम्कीपछि एयर इन्डियाको विमान जयपुरमा आपतकालीन अवतरण

बमको धम्कीपछि जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको दिल्ली जाँदै गरेको एयर इन्डियाको विमानलाई जयपुर विमानस्थलमा डाइभर्ट गरिएको छ। एयर इन्डियाको उडान एआई २०३० जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको जनाइएको छ। विमान अपहरणको धम्की आएको आशंकापछि आपतकालीन अवतरण गराइएको हो।

घटनापछि सुरक्षा अधिकारीहरू विमानस्थल पुगेका छन्। विमानमा सुरक्षा जाँचसमेत गरिएको जनाइएको छ।