सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

















