कानुन समितिले बोलायो कानुनमन्त्रीलाई

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि प्राप्त संशोधन प्रस्तावबारे संशोधनकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, संशोधनकर्ता सांसद, समिति सदस्य तथा मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ।