अमेरिकाले होर्मुज जलडमरूमध्यमा अवस्थित इरानको केशम टापुमा आक्रमण गरेको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण थप तीव्र बनाउने विषयमा आफूलाई कुनै हतार नभएको बताएका छन्।
सोमबार उनले इरानलाई आर्थिक रूपमा कमजोर बनाइसकेको दाबी गर्दै आवश्यक समयमा कारबाही गर्ने बताएका थिए। ट्रम्पले इरानी जनता पनि वर्तमान परिस्थितिबाट दिक्क भइसकेको दाबी गरे। त्यस्तै, वासिङ्टन डीसीमा आयोजित कार्यक्रममा मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्नेबारे सोधिएको प्रश्नमा ट्रम्पले ‘हुँदैन’ भन्दै जवाफ दिएका थिए।



















