भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले स्वागत गरेका थिए। नवनियुक्त राजदूत दलेला पनि मंगलबार काठमाडौं आइपुगेका हुन्।

भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित नेपालका विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भारतीय विदेश मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल हुनेछ।