कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय सनेपामा बैठक बस्ने सहमहामन्त्री रामहरि खतिवडाले जानकारी दिए ।

‘न्यायपालिकामाथिको हस्तक्षेप, प्रहरी प्रशासनमाथिको हस्तक्षेप, निजामती कर्मचारीलाई पंगु बनाएको अवस्था छ । समसामयिक विषय, वर्तमान परिस्थिति, सरकारले गरेका कदमहरूकै बारेमा छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने ।