ओमानमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान विरुद्धको खेलमा नेपाललले ‘टस’ जितेको छ । ओमानको ए आई अमेरत क्रिकेट मैदानमा भएको टसमा नेपालले पाकिस्तान विरुद्धको खेलमा टस जितेर पहिला ‘फिल्डिङ’ रोजेको हो । त्यसअनुरुप अब पाकिस्तानले पहिला ‘ब्याटिङ’ गर्नेछ । नेपाल एसिया कपबाट यसअघि नै बाहिरिसकेको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल भारतसँग १० विकेट र संयुक्त अरब इमिरेटस ९युएई० सँग सात विकेटले पराजित भएको थियो ।











