भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच व्यापार, कनेक्टिभिटी तथा संस्कृतिलगायतका क्षेत्रमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।दिल्लीमा भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेट सुखद रहेको बताएका हुन् ।
उनले दुई देशबीच भएका छलफल र भ्रमणका क्रममा प्राप्त उपलब्धिले व्यापार, कनेक्टिभिटी, संस्कृति लगायतका प्रमुख क्षेत्रमा भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।



















