अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक गतिविधिमा बाधा पुर्याउने पुराना र समयसापेक्ष नरहेका कानुन खारेज गर्नुपर्ने बताएका छन्। नयाँ कानुन थप्ने तर पुराना कानुन संशोधन तथा खारेज नगर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढाएको उनको भनाइ छ। मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा कानुन संशोधन तथा खारेजसम्बन्धी विधेयकमाथिको छलफलमा उनले विभिन्न अध्ययनले औंल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिए
पुराना कानुनका कारण नीतिगत विरोधाभास सिर्जना हुन नदिन आधुनिक प्रविधि र एआईको युगअनुसार कानुनी व्यवस्था परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए।


















