पूर्वमुख्यसचिव एकनारायण अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपको प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालय लगिएको हो। मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा उनको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।