अल्जेरियामा सवारी दुर्घटना हुदाँ ११ जनाको मृ#त्यु

दक्षिणी अल्जेरियाको ओउर्गला प्रान्तमा मंगलबार एक यातायात बस र सेमी ट्रेलर एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ । राष्ट्रिय गेन्डरमेरी विभागका अनुसार अल्जियर्सबाट करिब ८०० किलोमिटर दक्षिणमा रहेको ओअर्गला प्रान्तको हसी मेसाउद र एल बोर्मा नगरपालिका जोड्ने सडकमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा संलग्न बसले नजिकैको तेल क्षेत्र कम्पनीका कामदारहरू बोकेको थियो । यो क्षेत्र प्राकृतिक ग्यासको समृद्ध भण्डारको लागि परिचित छ । घटनामा एक जना घाइते भएको स्रोतले जनाएको छ । अल्जेरियामा ९० प्रतिशत भन्दा बढी ट्राफिक दुर्घटनाहरू मानव त्रुटिका कारणले गर्दा हुन्छ ।