बुधबार साँझ साढे ६ बजे साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत् नेपाल र बंगलादेशबीचको फाइनल खेल दशरथ रंगशालामा हुँदैछ।
फाइनल खेलका लागि सुरूमा अनलाइनबाटै टिकट बिक्री गरिएको थियो । अनलाइनमार्फत् चार हजार एक सयले टिकट किनिसकेका थिए। भिआइपीतर्फ एक हजार भन्दा बढी टिकट बिक्री भइसकेको थियो। बाँकी ४९ सय भौतिक टिकट बिक्री गर्ने भनिएको थियो।
बुधबार बिहान ३ बजेदेखि टिकट किन्न मानिसहरू लाइनमा बसेर टिकट किनिरहेका हुन्। टिकट काठमाडौंको भद्रकाली र ललितपुरको जावलाखेलबाट बिक्री भइरहेको हो।
भद्रकालीमा टिकट सकिएसँगै लाइनमा बसेकाहरू नाराबाजीमा उत्रिएका छन्। उनीहरूले एन्फाविरूद्ध नाराबाजी गरिरहेका छन्।
८० लाखमा टेन्डर लिएको प्रालिले आइतबार १८ हजार बढी टिकट बिक्री गरेको रिपोर्ट सार्वजनिक भएको थियो। जबकी रंगशालाको क्षमता १४ हजारको हो।


















