मङ्सिर १७ गते प्रधानमन्त्री चीन जाँदै

आगामी मङ्सिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ३ दिन औपचारिक भ्रमणको लागि चीन जाने भएको छ ।

उनले यात्राको दौरानमा किमाथाँका,कोरोला,हिल्सा नाका सुचारु गर्ने,सन २०१७ मै हस्ताक्षर भएर पनि कार्यान्वयन रोकिएको परियोजना अघि बढाउने,बहुप्रतिक्षित सिगात्से(केरुङ्ग)काठमाण्डौ रेल्वेको कामलाई तदारुकता दिने,पोखरा एअरपोर्टको रिण मिनाहालगायत बिषयमा केन्द्रित हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिए ।

उनले मङ्सिर २० गतेसम्म चीनको भ्रमण गर्ने छ ।