सुन तोलामा ५०० ले घट्यो

आज नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ ।
सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी आज १९६० मा झरेको छ ।