जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-१ जुरौनी बस्ने रोल्पा लुङ्ग्री गाउँपालिका-२ घर भएका २३ वर्षीय दिपक बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
हो ।
उनलाई प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।