मंसिर १३ मा बेइजिङ जादैँ परराष्ट्रमन्त्री

आगामी मंसिर १३ गते परराष्ट्रमन्त्री आरजु राणा देउवा बेइजिङ जाने भएकी छिन् ।
समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी परराष्ट्र स्रोतले जनाएको छ ।
राणाले मंगलबार परराष्ट्र मन्त्रालयमा सचिव लगायत विभिन्न कर्मचारीलाई बोलाएर भ्रमण तयारीका लागि छलफल गरेकी थिइन् । त्यसअघि उनले सोमबार चिनियाँ राजदूत चेन सोङसँग मन्त्रालयमा छलफल गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन् ।