रूपन्देही । सिद्धार्थनगर नगरपालिका३ चाँदनी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–१ रानीगाउँ घर भएका ३० वर्षीय कमल रसाईली र मकवानपुर थाहा नगरपालिका–७ बस्ने २३ वर्षीय दिनेश कार्की रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले कमलको कोठाबाट उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















