रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ ।
अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएकोले पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो । काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थपेर क्रमशः उनलाई काठमाडौँ र चितवन लाने प्रहरीको तयारी छ ।