आज बिहान चार बजे दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रकम खड्काले जानकारी दिए । लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार डाँगीको मृत्यु भएको थियो ।


















