डिसेम्बर १, विश्व एड्स दिवस । एक्वायर्ड इम्युनो डेफिसियन्सी सिण्डृोम अर्थात् एड्सले वीसौँ शताब्दीको अन्त्यदेखि विश्वको ध्यानाकर्षण गराएको छ । यो समस्या हो शरिरको, संसारको भनौँ सबैको । युवा युवतीहरु विदेश रहँदा परिबारबाट अलग भएका पिडा र त्यसमा पनि हुने जोखिम कति छ, हामीले विश्लेषण गरेकै छैन, असाध्य रोगहरु पनि भित्रिएका हुन सक्छन्, नेतृत्वलाई त्यो पनि चिन्ता छैन, बरु देशलाई विप्रेषण अधिक चाहिएको छ, यहाँ रोजगारी छैन । लैँगिक हिँसाको अन्त्य भएको छैन ।
त्यसो त समस्या संसारको धेरै छ, गरिवी, अशिक्षा, अशान्ति, विभिन्न प्रकोप, रोग, यसमा पनि बढी मधुमेह, उच्च रक्तचाप, क्यान्सर, कोरोना, डिँगो थरिथरी छन् । दूर्घटना, विपत्ति भयावह सिर्जना गर्ने, निद्रा हराम गर्ने त्रासदीय सन्नाटाहरु, यो संसारमा मान्छे किन जन्मन्छ ? आठ अर्ब केवल मर्नकै लागि हो त ? उसो भए मंगल ग्रहको खोजी र नासाको यात्रा किन ? चन्द्रयान चन्द्रमामा पुगिसक्दा सूर्ययानको चटारो पनि छ । त्यसो त यो देखिएको संसार एउटा मात्रै हो विज्ञानले भनेको, पूर्वीय दर्शनले त अनेकौँ ब्रह्माण्ड अनेकौँ सूर्य छ भनेको छ, कम से कम १२ सूर्यका नाम त अहिले पनि छ भानु, भाष्कर, रवि, आदित्य आदि आदि ।
त्यसो त एड्सको ओखती थिएन जतिबेला १२ वर्ष मुस्किलले मान्छे बाँच्थ्यो, जहिलेदेखि यसको संकेत देखियो । अब विज्ञानले ओखती पत्तो लगायो र पनि रोग छ, मर्नेको संख्या घटायो, संक्रमण त बढेकै छ, र त हरेक दिन १४ हजारको संख्याले मापन हुन्छ एड्स संक्रमणको संख्या । गत वर्ष त एड्सबाट मर्नेको संख्या अलि बढेको खबर पनि आयो । सन् १९८१ मा जतिबेला अमेरिकामा संक्रमण देखियो, औषधि थिएन, अहिले ओखती छ यसको र नियमन र रोकथाम गर्ने निकाय पनि धेरै छन् । हाल संसारमा ३ करोड बढी संख्यामा संक्रमित छन् र आपूm संक्रमित भएका मध्ये ७० प्रतिशत मान्छे थाहै पाउँदैनन् संक्रमित छु भन्ने, पहिले त परीक्षणमा पनि डराउँथे, परिक्षण र ओखती नि:शुल्क छ अहिले ।
पुरुषले पुरुषैसंग गर्ने यौन सम्मर्कबाट, सुईबाट नसालु औषधि सेवन, असुरक्षित यौन सम्पर्क, परीक्षण बिनाको रक्त दान, रोजगारीमा छलाँग मार्ने गरी स्वदेश, विदेशको भागदौड, सवारी चालकहरु संगको जथाभाबी यौन आकर्षण र सम्पर्क धेरै छन् यसको वृद्धिका कारणहरु । त्यसो त एच आइ भि एड्सका केही विधिहरु पनि छन् निराकरणका लागि जसलाई ए बि सी मेथडको नामले सम्झन सजिलो छ । ए को अर्थ एक्सटिनेन्स भनौँ यौन सम्पनै नगर्ने, बि को अर्थ विट्विन टू पार्टनर भनौँ श्रीमान् श्रीमती मात्र र सि को अर्थ हुन्छ कोण्डम अर्थात् सम्पर्क गर तर कोण्डम प्रयोग गरेर । यहाँ ८० प्रतिशत संक्रमितहरु असुरक्षित यौन सम्पर्कबाटै हुने गरेको तथ्य छ । यसको जोखिममा ५ प्रतिशत छन्, ४ वर्ष अघि सम्मकोे तथ्याँकमा ६६ प्रतिशत अर्थात् १९ हजार ४०० जना मात्र उपचारमा संलग्न भएका र हाम्रो सन्दर्भमा वृद्धि दर १ प्रतिशतभन्दा कम रहेको थियो । सन् २०१० को तुलनामा सन् २०१९ मा आइपुग्दा नयाँ संक्रमणको दर ६४ प्रतिशतले घटेको छ । बालबालिकामा भने यो क्रम ८५ प्रतिशतले कमी आएको छ । एड्सले नै मर्नेको संख्या ८५ प्रतिशतले घटेको छ । सामाजिक सनलमा उत्ताउला फोटाहरु धेरै आउने गरेको पाइएको छ अहिले, टिकटक् त्यस्तै छ । जुन विषय गोपनीय हुन्छ, उजागर गर्दा त्यसको महत्व बढ्ने होइन बरु घट्छ । धेरै यस्ता रोगी भएको स्थान अफ्रिका हो, बालबालिका पनि त्यहीँ बढी संक्रमित छन्, मृत्युको शिकार हुने संख्या त्यहीँ बढी छ ।
फर्कौँ स्व अभियान, आप्mनै संस्कृति, संस्कार, स्वदेशी माटो, देव भूमि, वैदिक भूमि नेपालमै, पूर्वीय दर्शनले यौनलाई आजको जस्तो खुल्ला राखेको थिएन । बिबाह पूर्व यौन सम्पर्कलाई पाप भनेको थियो, वास्तवमा पाप भन्नु प्रदूषण नै हो । आजको जस्तो बिहेबारीमा उमेरको ढिलाइ पनि थिएन, दिदी बहिनीहरु केटा साथी बनाउन हम्मेसी तयार हुन्नथे । ब्वाइ फ्रेन्ड, गर्ल फ्रेन्ड हाम्रो शब्दकोषमा थिएन, विभिन्न कथा कुथुँग्रीहरु बनाएर यसबारे सतर्क रहने गरी शिक्षा दिइन्थ्यो । हाम्रा पूर्वजहरु, बाबु आमाको इज्जत, प्रतिष्ठा सम्झन्थे, बहकाउमा नलाग्न नैतिक शिक्षा दिन्थे, जज्ञेमा चरु होम गरेर अग्नि साक्षी राखेर जन्ती, बरियात, पूरा इष्टमित्रलाई देखाएर, सम्धी, सम्धेलो गराएर केटा केटीको इज्जत, औकात, प्रतिष्ठा हेरेर, ढोग, भेट गरेर, औपचारिक सिउँदोमा सिन्दुर भरेर बिबाह गर्ने चलन थियो । परिक्षणका लागि बिबाहको लगत्तै दुलही भित्र्याएपछि मातृका स्थापना गरेको कोठामा दम्पति सुतेर भोलिपल्ट जज्ञे बनाई बच्चा पाएको थाँग्ना धोएको प्रतिकको रुपमा खट्कुलोमा सबैले देख्ने गरी मैला कपडा धुने, अघिल्लो जज्ञेमा औपचारिक जूठो खाने खुवाउने चलन थियो । शारिरिक सम्पर्कको प्रमाणित र कुनै एरर भए गुनासो पोख्ने गरी १६ दिन भित्र ससुराली जाने जसलाई १६ दिने साइत या दुलहन फर्काउने चलन भनिन्थ्यो । अब त्यसो रहेन, गर्भ बोकेको ६ महिनामा मन्दिर गएर सिन्दुर हाल्ने बा कोर्ट म्यारिज गर्ने प्रथा आयो । विदेशमा त रिहर्सल पति पत्नीको पहिल्यै हुन्छ भन्ने सुनिन्छ,,यहाँ पनि त्यही सिको भएको देखिन्छ, बाबुले खोजेको केटाको कुरा गर्दा मैले त स्कूलमा उहिल्यै… बुबा भन्ने गरेको यस्तै धेरै विषय देखिएका छन् । विदेशमा पारपाचुके गर्नेको संख्या पनि धेरै देखिन्छ, यतातिर पनि सम्बन्ध भत्किएका केसहरु धेरै छन्, अब त पैसाका लागि नक्कली डिभोर्सको पनि चलन आएको देखियो, समाजको आदर्श भत्किएको छ, चरित्रमा स्खलन आएको छ, पाप, धर्मको कुरो बेकार भन्न लागिएको छ ।
सत्य युगमा पार्वतीले तीजको व्रत बसेको धर्म पत्नी र पति देव बनाउँन हो, हिजोआजको व्रत हस्ब्याण्ड र ब्वाइफ्रेण्डका लागि भएको छ, अझ एक कदम अघि सरेर ब्वाइ फ्रेण्ड र गर्ल फ्रेन्डका लागि भएको छ । विज्ञानले सन्तानोत्पादनमा एक्स र वाइ क्रोमोजोम भनेको छ, । पूर्वीय दर्शनले प्राकृत नारी रजस्वलाको जोर रात्रिको यौन सम्पर्कले छोरो हुने र विजोर रात्रिको यौन समागमले छोरी हुने भनेको छ,, भनौँ रजस्वलाको ४ दिन यौन सम्पर्क वर्जित छ र ६,८,१०,१२,१४, १६ दिनको जोर रात्रिको सम्पर्कले छोरोको वीज रोपण हुने, ५,७,९,११,१३ र १५ दिनको विजोर रात्रिले छोरीको वीजरोपण हुने हुन्छ, । सामान्यतया त्यसपछि अर्को रजस्वला नभए सम्म गर्भ बस्दैन । एक महिनामा शिर बन्ने,दुई महिनामा हात, खुट्टा, अँग तयार हुने, तेस्रो महिनामा पुरुष, स्त्री छुट्निे अँग बन्ने हुन्छ, । हिजोआज चिकित्सकहरुले १२ हप्तापछि अल्टृासाउण्ड पद्धतिबाट छोरो वा छोरी गर्भमा छुट्याउन सक्छन् र कानुनले १२ हप्तापछिको गर्भपतनलाई अबैध भनेको छ । ६ महिनापछि बालकले आमाको दायाँ पेटमा रही खेल्न थाल्ने र आमाले खाइएका खानाबाट रसपुष्टि भई ९ मास पूरापछि सूतिका वायु वेगबाट आमाको गर्भबाट बालक जन्मने हुन्छ,र हिजोआजको वातावरण चिकित्सकले यही अनुमानमा डेलिभरिको समय दिन्छन् र कतिलाई शल्य प्रक्रिया अप्नाउनु परेको पनि देखिन्छ । वैबाहिक कार्य भनेको असल गृहस्थ जीवनको आरम्भ मान्दै दाम्पत्य प्रेमबाट सुखी जीवनको परिकल्पना गरेको छ शास्त्रले ।
असल सन्तति प्राप्तिका लागि धर्म गर्नु पर्छ भनेको छ, वीर्य संरक्षण गर्नु पर्ने,त्यसले शरिरमा शक्ति सन्चय हुने भनेको छ । निरोगी पुरुषमा ४ माना जम्मा शुक्रकीट र स्त्रीमा जम्मा २ माना शोणित हुन्छ, शुक्र र शोणितको संयोगले नै बच्चा पैदा हुने हो । अँग प्रदर्शनलाई कम से कम लज्जाको विषय मानेको थियो हाम्रो धर्म, संस्कृति र संस्कारले, तर हामी आपैmँले आप्mनो धर्म, संस्कृति र संस्कालाई भत्कायौँ, बिना लग्न र शास्त्र निषिद्ध समयमा पनि बिहेवारी हुन लागेको छ । शास्त्र कहिल्यै शस्त्र बोकेर आउँदैन, साँकेतिक रुपमा बुभ्mनु पर्ने हुन्छ । मनको संकल्पले पनि यौन यौन नै हो, विषय अधर्म नै हो, पाप नै हो, अघिअघि आमा छोरा नै भए पनि उमेरको हद सम्म कोठामा एकान्तमा एकै ठाउँमा बस्नु हुन्न भनिन्थ्यो ।


















