१ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

वीरगंज महानगरपालिका-२१ स्थित ड्राईपोर्ट परवानीपुर सडकखण्डबाट अवैध लागूऔषध गाँजा १ सय ९ किलोग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ बस्ने ३० वर्षीय सुभाष थामी र २८ वर्षीय छत्र बहादुर थामी रहेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरिया तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो तलासी गर्दा प्लाष्टिकले बेरिएको ८ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक सुभाष र बोलेरोमा सवार छत्र बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।