दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध महाभियोग लगाउने तयारी भएको छ । मंगलबार यूनले मार्शल ल लागू गरेका थिए । त्यसको ६ घन्टा नबित्दै सांसदहरूले उक्त कानुनलाई उल्ट्याइदिएका थिए ।
यूनको पछिल्लो कदमपछि दक्षिण कोरियामा राजनीतिक संकट उत्पन्न भएको छ । सांसदहरूले यूनमाथि महाभियोगको तयारी गरिरहेका छन् । त्यहाँको प्रमुख प्रतिपक्ष दल डेमोक्रेटिक पार्टी ९डीपी०ले यूनलाई राजिनामा दिन वा महाभियोगको सामना गर्न भनेका छन् ।
यून सन् २०२२ देखि सत्तामा छन् । ‘राष्ट्रपति यूनले सामान्य रूपमा देशलाई शासन गर्न नसक्ने सारा देशसामु स्पष्ट भइसकेको छ,’ डीपीका वरिष्ठ सांसद पार्क चान–दायले एउटा विज्ञप्तिमा भनेका छन् ।
दक्षिण कोरियाका ६ विपक्षी दलले बुधबार संसदमा युनविरुद्ध महाभियोगको प्रस्ताव पेस गर्ने पत्रकारहरूलाई पठाएको सन्देशमा डीपीले भनेका छ । महाभियोगको प्रस्तावमा शुक्रबार वा शनिबार मतदान हुन सक्ने भनिएको छ ।


















