अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प गएको छ ।
अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो । फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो । यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ । यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ ।भूकम्प आएलगत्तै ५३ लाख जनामा सुनामीको चेतावनी जारी गरिएको थियो । तर पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षति नभएको बताएको छ ।


















