नमोबुद्ध ११ मा जेष्ठ नागारिक सम्मान कार्यक्रम सम्पन्न

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ मा जेष्ठ नागारिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
वडाले हरेक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको छ । यस वर्ष भने जाडो महिनालाई मध्य नजर गर्दै वडाले वडाभित्रका १८७ जना जेष्ठ नागारिकहरुलाई १ लिटरको र्थमस वितरण गरेको वडा अध्यक्ष कृष्ण बहादुर तामाङले जानकारी दिए ।
उक्त कार्यक्रममा नमोबुद्ध नगरपालिकाको मेयर कुन्साङ लामा प्रमुख अतिथि , उपप्रमुख रत्न बहादुर तामाङ विशेष अतिथिसँगै कार्यक्रममा वडा स्तरीय विभिन्न राजनितिक दलको नेताहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रम नमोबुद्ध नगरपालिकाका अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मेयर लामाले बढी पिडितहरुलाई केहि राहत पनि वितरण गरिएको वडा अध्यक्ष तामाङले बताए ।