करिब ३५ किलो गाँजा बरामद

बर्जु गाउँपालिका-६ चिमडीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३५ किलो ५ सय ग्राम बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय चिमडिबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बिराटनगरबाट चिमडीतर्फ जाँदै गरेको को.१ ह ९३३३ नम्बरको अटोका चालकले अटो
छाडी फरार भएपश्चात अटो तलासी गर्दा उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।

प्रहरीले हाल फरार अटो चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।