बालेन शाह फुटबलमा पनि अब्ब गरे एक गोल

काठमाडौं महानगरपालिकाले ३०औँ महानगर दिवस बिभिन्न कार्यक्रम गरी मनाइ रहेको छ । सोही क्रममा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा मैत्रीपूर्ण फुटबल खेल भएको छ । सो खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गर्नुभएको छ । बालेनले दोस्रो हाफमा उक्त गोल गर्नुभएको हो ।

खेलमा प्रमुख ११ को टिमले ५ गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले २ गोल गरेको छ । खेलमा जनप्रतिनिधिको नेतृत्व गर्दै प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खेल खेल्नुभएको थियो । ६० मिनेटको खेलमा उहाँहरु पूरै समय खेल्नुभएको थियो । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गर्नुभएको थियो ।

प्रमुख ११ का तर्फबाट प्रमुख शाहसँगै सन्तोष ढुङ्गेलले १ गोल, नविन भण्डारीले १ गोल, विनय शाक्यले १ गोल र अनुप मगरले १ गोल गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले २ गोल गर्नुभएको थियो ।