करिब २ सय ३१ किलोग्राम गाँजा बरामद

चितवनको रत्ननगर नगरपालिका-१० मैगोले टोलस्थित सडक छेउबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३१ किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले सडक छेउमा पार्किङ गरी राखेको बा.प्र.०१-००६ ख ६६१२ नम्बरको मिनी ट्रकलाई तलासी गर्दा ट्रकभित्र प्लाष्टिकको बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार मिनी ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।