सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले सिरिया छाड्ने योजना नभएको बताएका छन् । डिसेम्बर ८ मा विद्रोही एसटीएचका लडाकुहरु राजधानी दमास्कस प्रवेश गरेपछि देश छाडेर रुसको राजधानी मस्को पुगेका असदले त्यसको एक हप्तापछि विज्ञप्ति जारी गरी पूर्वयोजना विपरीत आफू मस्को आइपुगेको जिकिर गरेका हुन् ।
सुरक्षाका कारण दमास्कसमा सञ्चार सेवा अवरुद्ध गरिएकाले आफ्ना धारणा सार्वजनिक गर्न ढिलो भएको जिकिर गर्दै असदले भनेका छन्, ‘सिरिया छोड्ने मेरो कुनै योजना थिएन । न त अरुले दाबी गरेको जस्तो लडाइँको अन्तिम घण्टाको दौरान यो भयो ।
म आइतबार ८ डिसेम्बर २०२४ को दिन बिहान आफ्नो ड्युटी गरिरहेको थिएँ । जब आतंकवादी बल दमास्कसमा घुसे, म लताकिया गएँ ताकि त्यहाँबाट रुसी सहयोगीसँग युद्ध अभियानलाई हेर्न सकुँ ।’



















