धर्म र अध्यात्म ९

गणेश र हाम्रो जीवन
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
हाम्रो शरिर पञ्च तत्वले बनेको छ । वैदिक धर्मानुरागीका लागि पाञ्चायनको उपासना जरुरी छ । पाञ्चायन देवतामा पाँच प्रमुख देवता छन् ः सूर्य, गणेश, देवी, विष्णु र शिव । वास्तु पद्धति अनुरुप तिनको वासस्थान मिलाइनु पर्छ । यो आलेखमा श्रीगणेशका बारे सामान्य चर्चा गर्ने अभिप्राय रहेको छ । भाद्र शुक्ल चतुर्र्थीलाई गणेशको जन्म दिनको रुपमा मान्ने चलन हो । यो दिनलाई शिवा भनिन्छ । माघ शुक्ल चौथीलाई भने शान्ता भनिन्छ र हरेक मङ्गलबारको चौथीलाई सुखा भनिन्छ र यी यस्ता दिनहरु विशेष वन्दनीय छन् । अन्य दिनमा गरिएका हजाराँै पुण्य कर्म बराबरको फल यस्ता दिनको एकैक्षणले प्राप्त हुन्छ । कल्प अनुसार गणेशजीकोे उदय बारे फरक मत छ । सूर्य पुत्र शनिको दृष्टि पर्दा उनको शिरच्छेदन भई श्रीविष्णुको हातबाट हात्तीको टाउकोद्वारा जियाइएको प्रसङ्ग पनि छ । कतै माता पार्वतीले आप्mनो शरीरको मयलबाट गणेशको उदय गराएको र पछि पिता शिवको कोेपभाजन हँुदा शिरच्छेदन भएको र माता पार्वतीको शोक निवारण गर्न हात्तीको टाउकोले उनलाई जियाएको कथा प्रसङ्गहरु छन् । पछि गणेशजीकै व्रतबाट पार्वती माता र सबै देवताको कष्ट निवारण भएका प्रसङ्गगहरु पुराणहरुमा पाइन्छ ।
गणेशका ठूला कान छन् जसले हामीलाई अरुको कुरा धेरै सुन्नु पर्ने संकेत गर्छ, तर प्रतिक्रिया दिने कम गर्नु पर्छ भन्ने हो । उनमा भएको ठूलो पेटले संसारका सबै प्राणी जति खाए पनि नअघाउने संकेत गर्छ तर मानिसले थोरै र सात्विक आहार गर्नु पर्ने संकेत मिल्छ । उनका आँखा साना छन्, हात्तीका आँखा साना भए पनि सूक्ष्म सियो पनि उसले सजिलै देख्छ । हात्ती हेर्दा आकारले ठूलो छ तर एउटा समान्य माउतेको अधीनमा हुन्छ । यसको तात्पर्य हामी सबैले अरुलाई ठूलो देख्नु पर्छ, समाजमा आपूm सानै देखिएर पनि प्रगतिमा अग्रसर हुन सकिन्छ, बडप्पन गर्नु हुन्न । बाङ्गो सूँडले भने सबैलाई समालोचनात्मक, समीचीन रुपमा हेर्नु पर्छ भन्ने हो । आग्रह पूर्वाग्रहको दृष्टिले हेर्नु हुँदैन । गणेशका आँखा साना छन् तर संसार हेर्ने दृष्टि साहृै ठूलो छ । बाहन मूसो हो र पनि मयुर बाहक कुमारभन्दा प्रतिश्पर्धामा खरो उत्रन्छन् श्रीगणेश, आमा बाबुको सेवा गर्नु भनेको संसारको विजय गर्नु हो भन्ने संकेत मिल्छ यसबाट । मोहलाई नाश गर्नु भन्ने पनि हो । आप्mनोे ह्याउ हेरेर काम गर्ने, घाँटी हेरी हाड् निल्ने, अरुको धेरै नक्कल नगर्ने, सादा जीवन उच्च बिचार पनि हो । गणेशको शरीरमा भएका मालाले मानिसले गर्ने हरेक दिनको सुकर्मको गिन्ती गर्न सिकाउँछ, हामीले हरेक दिन कति राम्रो काम गर्न सकियो त्यही नै हाम्रो सम्पत्ति होे भन्ने सिकाउँछ । देवताका गलामा लागेका अक्ष मालाले हामीले पुण्यलाई अक्षय गर्न भनिएको हो । दे उता अर्थात् यता होइन, उपकार गर अरुलाई देऊ को अर्थ नै देवता होे । आप्mनो मात्र सोच्ने जिन्दगी राक्षसी हुन्छ, पशुवत् हुन्छ, मानिस आपैmँ देवता हो । यसले जति परोपकार अरु कसैले गर्न सक्दैन ।
प्राचीन, अर्वाचीन मात्रै होइन सत्ययुगदेखि नै तपोपुरीको नामले चिनिने नेपालको मुख्य स्थल काठमाडाँैको चारै दिशामा सूर्य विनायक, कार्य विनायक, अशोक विनायक र चन्द्र विनायकले यस नगरीलाई संरक्षण दिएका छन् । स्थान विशेषमा गणेशको मन्दिर, मूर्ति मुलुकभरि यत्र तत्र नै छन् । हनुमती, वागमती, विष्णुमती एवं रुद्रमती साक्षी स्वरुप बग्ने चार नदी यी चारै गणेशका स्थलहरु हिजो आज प्रदूषित छन् । यी लगायत नेपालमा रहेका असंख्य प्रसिद्ध देवदेवी स्थलहरुवाट हामीले धर्म रअध्यातमको जागरण गराई वाह्य पर्यटनलाई समेत प्रसस्त टेवा, सेवा गर्न सक्छौँ । विश्वका सभ्य र विकसित क्षेत्रमा जे छैन त्यो हामीकहाँ छ यसलाई हामीले गौरव मान्नुपर्छ, नष्ट हुन दिनु हुँदैन ।
पूर्वीय दर्शनमा मङ्गलचौथीलाई अत्यन्तै शुभ दिन मानिन्छ । मानिसलाई नैतिक र चारित्रिक बनाउने हाम्रो पूर्वीय दर्शन शास्त्रका अधिकांश रचनाहरुका मूल लेखक श्रीगणेश नै हुन् । पूर्वीय धर्म संस्कतिमा कुनै पनि कार्य सिद्धिका लागि मङ्गलाचरण गर्ने गरिन्छ । वाणीका देवता श्रीगणेशलाई स्मरण गर्नाले निर्विघ्नतापूर्वक कार्य सम्पन्न हुने र मानिसका इच्छा सिद्धि हुने विश्वास गरिन्छ । शिव–गौरी पुत्रका रुपमा रहेका श्रीगणेशको उदय भाद्रशुक्लचतुर्थीमा भएको हो । त्यस दिनको सर्व कल्याण महत्व वढी भएभैmँ माघशुक्ल, आषाढशुक्ल र मङ्गलबार सहितको चतुर्थीलाई मानिसका लागि क्रमशः मनको शान्ति र शरीरको सुखको प्रतीकका दिनका रुपमा लिइन्छ । त्यस्तै मङ्गलबारयुक्त चौथी परेको मङ्गलचौथीले जीवनमा असीम आनन्द प्राप्त हुने गर्छ । वर्षमा कहिलेकंही मात्र पर्ने यस्तो पर्वको विशेष महत्व छ ।
गणेश उपासना गर्दा धेरै मन्त्र जप गर्न सकिन्छ मूल मन्त्रःभने ॐ एक दन्ताय विद्महे बक्रतुण्डाय धीमहिः तन्नो दन्ती प्रचोेदयात् हो । सबैलाई सजिलो मन्त्र भनेः ॐ गं गणपतये नमः हो ।
तनाव, क्रोध, आवेग एवं रक्तचाप र अशान्ति मेटाउन पनि र कलहका कारक मङ्गलग्रहको दोष निवारण हेतु पनि श्रीगणेशको उपासना गर्नु पर्छ । २१ वटा मङ्गलबारको व्रतले मङ्गल दोष निवारण हुन्छ । ज्योतिष शास्त्रअनुसार जन्म कुण्डलीमा मङ्गलदोष, बालग्रह, अरिष्ट शान्ति, त्रिभागी एवं योगीनी दशा शान्ति गर्न पनि मङ्गगलबार श्रीगणेशको विशेष पूजा आराधना गर्नु पर्ने हुन्छ । २१ दुवो, २१ लड्डू, रातो बस्त्र, रातो पूmल सहित गणेशजीको उपासना गर्नाले मानिसको स्थूल शरीर र यसैको सूक्ष्म शरीर मनको विकार नाश हुन्छ । व्रतमा गहुँको परिकार र शख्खरको सेवन राम्रो मानिन्छ । यसो गर्दा शरीरका बिकार नाश भई तेज वृद्धि हन्छ । तमाम बिघ्न बाधा हटाई सम्मान चाहनेले श्रीगणेशको आराधनामा अल्छी गर्नु हुन्न । बालकहरुलाई सर्वप्रथम शिक्षा आरम्भ गर्दा श्रीगणेशाय नमः भनी सरस्वतीको पूजा साथ अध्ययन सुरु गराइन्छ भने गणेशको पूजामा वेलपत्र अर्पण निषेध छ । विध्नेश, हेरम्व, गजानन, सुर्पकर्ण, विनायक, लम्वोदर, एकदन्त र गणेश गरी तिनको ८ नाम मुख्य छन् भने गणेशका हजार नाम लिई मन्त्र जप र हवन कार्य गर्नाले जुनसुकै कडा रोग पनि निको हुने विश्वास छ । सवैजसो पूजामा अग्रपूजाका अधिकारी श्रीगणेश नै हुन् । जीवनको सुख, सौभाग्य, कीर्ति, यश, पराक्रम, धन र मनोवल प्राप्त गर्न गणेशकै आशीर्वाद आवश्यक छ । मानिसको शरीर भनेको पञ्चतत्वको पिण्ड हो । चित्त् शक्ति आत्माको प्रवेशले यसलाई चलायमान गरेको हुन्छ । प्रकृतिका पाँच तत्वले बनेको शरीर संरक्षणमा पाञ्चायन देवता शिव–विष्णु–देवी–सूर्य र गणेशको प्रमुख देन रहेको हुन्छ । शिव ज्ञानका प्रतीक, विष्णु शरीर सञ्चालक, देवी शक्तिको प्रतीक, सूर्य आत्माको प्रतीक र गणेश वाक् शुद्धि, वाणीका देवता हुन् ।

श्रीगणेशको उपासनाको अर्र्थ हुन्छ, व्यक्ति असल संस्कारको हुने । संस्कारले हीन भएको, गायत्री, दीक्षामन्त्रको उपासना नगर्ने, आप्mनो मन्त्र सिद्धि गर्न नसक्नेले गरेको समाज सेवा निरर्थक हुन्छ । ढुँङ्गामा, मूर्तिमा देवता मान्छेले बनाउने हो, त्यसैले देवता बनाउने शक्ति भएको मान्छेले उसको दिमागले सिर्जना गरेको विज्ञानको दुरुपयोग गर्नु हुन्न, विज्ञान ज्ञानको उपज हो, विज्ञान निर्माता मानव मस्तिष्क देवताको उपज हो, त्यसैले व्यक्ति सबै आस्तिक हुन जरुरी छ, आस्तिक हुँदैमा सधै मन्दिर जानु पर्ने होइन, शरिर नै मन्दिर हो, यसभित्र रहेको आत्मा परमात्माको निराकार रुप हो, यो रुप मान्छेमा मात्रै होइन, हर प्राणीमा हुन्छ, त्यसैले सकेसम्म माँसाहार, मदिरा, नसालु पदार्थको सेवन नगर्नु भनिएको हो, यसले तनाव, क्रोध, आवेग बढाउँछ अनि व्यक्तिले आप्mनो आदर्श छोड्न थाल्छ, बेहोसी भई । क्रोध, आवेगले समाज, देश कस्तो हुन्छ भन्ने कुरा संसारका युद्धहरुले पनि देखाएका छन् । रोषपूर्वक अरुलाई दिइएको बस्तुले परिणाम राम्रो दिँदैन, देव सम्पति हडप गर्ने, स्त्रीको धनमा आशक्त हुने, अरुलाई दिइएकोमा बखान र पछुतो गर्ने, चोरीको धन अरुलाई दिने, मठ, मन्दिरमा लगाउँने, पतितको हातको अन्न खाने, दम्र्भी, आसुरी, अर्काको मन दुखाएर आर्जन गर्ने, शोषर्क, वेदको बिक्री गर्ने, अरुलाई निन्दा र अपमान गर्नेको हात कहिल्यै पवित्र हुँदैन । भोजनमा विभेद गर्ने, परस्त्रीगामी, परपुरुषमा आकर्षित हुने, परिश्रम नगरी धनी हुन खोज्ने यी सबै कुमार्गी हुन् ।
फेरि एकपल्ट श्रीगणेशमा वन्दनाः विघ्नेश्वराय वरदाय सुरप्रियाय । लम्वोदराय सकलाय जगद्धिताय ।। नागाननाय श्रुतियज्ञ विभूषिताय । गौरीप्रियाय गणनाथ नमो नमस्ते ।।