आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

सिन्धुपाल्चोकमा आफ्नै बुबा ५० वर्षीय यदु बहादुर बस्नेतको हत्या गरेको अभियोगमा मेलम्ची नगरपालिका-१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले राजारामलाई पक्राउ गरेको हो। कुटपिटबाट गम्भीर घाइते भएका यदुको मेडिकल कलेज अत्तरखेलमा थप उपचारको क्रममा
आइतबार दिउँसो मृत्यु भएको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।