अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात पक्राउ

ईश्वरपुर नगरपालिका–३ बस्ने २३ वर्षीय बिजय महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ हालनम्बर नखुलेको मोटरसाइकलका चालकले मोटरसाइकलमा सवार बिजयलाई झोला सहितछोडी फरार भएपश्चात प्रहरीले झोलाबाट उक्त गाँजा फेला पारी बिजयलाई पक्राउ गरेकोहो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका–२ बस्ने २५ वर्षीय हेमराज परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका–११ ओदारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका–७ बनगाई बस्ने २१ वर्षीय सन्तोष थापा र पाल्पा तिनाउ गाउँपालिका–३ बस्ने ३० वर्षीय बिशाल कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले तौलिहवाबाट जितपुरतर्फ आउँदै गरेको लु.९७ प ११४ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक बिशाल र मोटरसाइकलमा सवार सन्तोषलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका–५ लवली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कृष बमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूपन्देही, सैनामैना नगरपालिका –८ बाँसगदीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण थारूर २७ वर्षीय आकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले लु.८३ प ७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।