आफ्नै श्रीमती २१ वर्षीया अंजली विकको हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ माझगाउँ बस्ने ३१ वर्षीय सागर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सागरले घरायसी विवादको क्रममा कुटपिट गर्दा अंजलीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर सातदोबाटो बस्ने सुनसरी ईटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन अफ क्याफेका कामदार डडेलधुरा घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २६वर्षीय हेमराज भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
भट्टले सोही क्याफेमाआएका नयनलाई विवादको क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागिबिएण्डबि अस्पताल ग्वार्को पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबरप्राप्त हुनासाथ प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएकोप्रहरीले उनीलाई पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको लागि क्याफेकासंचालक रक्याफेका कुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















