नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए।आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने र केन्द्रीय कमिटीको कार्यसूची तय गर्ने पनि बताए ।अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ।
त्यस्तै, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।


















