यस्तो छ सार्वजनिक यातायातको भाडा वृद्धिदर ,कहाँको कति?

सोमबारबाटै लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले सोमबारबाट लागु हुने गरी यात्रुवाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको हो ।

सरकार, यातायात व्यवसायी र यातायात मजदुर बिचको छलफल तथा समझदारीबाट भाडादर निर्धारण नगरी भाडादर समायोजन कार्यविधिका आधारमा मुख्यतया तीन अवस्थामा भाडादर निर्धारण गरिएको छ ।