अमेरिकामा आगलागीमा परेर मृ#त्यु हुनेको संख्या १६ पुग्यो

अमेरिकी राज्य क्यालिफोर्नियामा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। यसका कारण अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ भने धेरै मानिसहरू बेपत्ता भएको बताइएको छ । हावाको गति बढिरहेकोले आगो फैलिने क्रम बढ्दै छ ।

हाल ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा बहिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने मौसम विभागले चेतावनी दिएको छ । अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट पनिअग्निनियन्त्रकहरू आइपुगेका छन् ।