दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

बुधबार बिहान दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योललाई सउलस्थित निवासबाटै पक्राउ गरिएको छ ।
यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए ।अदालतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् । गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ । पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो ।