रबिसंग धरौटी माग्नु पनि अन्याय हुने रबिका वकिलको दाबी

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत दुरूपयोगसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका वकिलहरूले बहस गरेका छन्।
पहिले सरकारी वकिलहरूले बहस गरेका थिए। त्यसपछि सहकारी पीडितका तर्फका वकिलहरू र आज लामिछाने पक्षका वकिलहरूले बहस गरेका हुन्।
सरकारी र सहकारी पीडितका तर्फका वकिलहरूले लामिछाने जोडिएको मुद्दालाई गम्भीरतापूर्वक हेरिनुपर्ने माग गरेका थिए भने लामिछाने पक्षका वकिलहरूले भने बोलाएको बेला हाजिर हुने गरी लामिछानेलाई छाड्न माग गरेका छन्।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भएको हो। आज लामिछाने पक्षका वकिलहरू रमण श्रेष्ठ र सुशील पन्तले बहस गरेका हुन्।