नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ ट्याबलेट र स्पास ८ ट्याबलेट सहित डडेल्धुरा अजयमेरू गाउँपालिका-३ भद्रपुर बस्ने २२ वर्षीय जनक पन्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।