बागमती सफाइको बिषयमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ माघ २ गते पक्राउ परिन । प्रहरी वृत्त गौशालाले उनलाई अनुसन्धानका लागि भनेर हिरासतमा राख्यो। अधिकतम १० हजार जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुनसक्ने अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी आशिका तामाङले १३ दिन प्रहरी हिरासतमा बिताए पछि सोमबार रिहा भइन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरिएकी उनीसँग प्रशासनले १० हजार धरौटी माग्यो। उनले धरौटी बुझाएर रिहा भइन्।तर, उनी विरुद्ध प्रहरी वृत्त जगातीमा पनि अभद्र व्यवहारकै जाहेरी दर्ता रहेको र त्यसको आधारमा पक्राउ पुर्जी समेत जारी भएको भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको परिसरबाटै पुन नियन्त्रणमा लिएको छ । आफुलाई सामाजिक अभियान्ता भन्ने आशिकाले व्यापारीले वस्तुको मूल्य मनलाग्दी गर्न हुँदैन, , ग्राहक र जनताप्रति राज्य उत्तरदायी हुनुपर्छ भन्दै आएकि थिईन सरकार र ठूला भनिने दलहरु ,सभ्रान्त बर्गहरु मोजमस्तीमै भुलेर देशको चरम बेथिति, भ्रष्टाचार लिप्त रहेको बेला आशिकाले झिना मसीना कुराहरु उठाइरहेकी थिईन्, । उनले जनताले भोगिरहेका कष्ट उठाई मान्छेले राम्रै माने तर त्यसको पनि सीमा हुन्छ। कहिँकतै कानुन विपरीत काम भएको छ भने नागरिक आफैँले कारबाही स्वरूप लाठी हान्ने, रसिद खोसेर च्यात्ने गर्न हुदैन आशीकाले यसै गरिन ।
सरकारी कार्यालयमा रहेको विवरण नागरिकले माग गर्न सक्छ। । सूचनाको हक सम्बन्धी विशेष कानुन छ जसले कुन सरकारी निकायमा कुन–कुन सूचना आम नागरिकले माग्न सक्छन् र कुन विधिबाट उनीहरूले दिनुपर्छ भन्ने प्रस्ट प्रावधान लेखिएको छ। तर आशिकाको व्यवहार आफैँ कारबाही गर्ने राज्यनै आफैभन्ने खालको भयो ।यो राम्रो होईन । तर यसकै निहुमा पक्राउ परेकि उनको हातमा हतकडी अनि मुखमा मास्क लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो। सामान्य सार्वजनिक अपराधमा पक्राउ परेको व्यक्तिलाई अनुसन्धानको बहानामा ११ दिन हिरासतमा राख्ने अनि प्रशासनमा लैजाँदा पनि जघन्य अपराधको अभियुक्त झैँ व्यवहार गर्दै हतकडी लगाउने राज्यको व्यवहारको ‘एक नागरिकलाई दुख दिने नियतले दुव्र्यवहार गरेको’ प्रस्टै देखियो।उनले हद नाघेर व्यवहार गरेका भिडियोहरू सामाजिक सञ्जालमा लोकप्रिय भएसँगै उनी हौसिँदै अराजक, अभद्र व्यवहार बढाएको उनले नै सार्वजनिक गरेका भिडियोहरूबाट देखिन्छ नै। सामाजिक सञ्जालको खोक्रो वाहवाहीमा उनी मक्ख पर्दै अराजक व्यवहार बढाउँदै लगिन्, यो उनको कमजोरी हो तर ठुला ठुला अपराध गर्ने उच्च पदस्थहरु पक्राउ पर्दा साथ अस्पत्ताल भर्ना हुने अनि सानालाई हडकडी लगाउने प्रहरीको परिपार्टी कति ठिक त्यो पनि बहस हुनु जरुरी छ ।



















